मंसिर १९,सुर्खेत। नेपाली कांग्रेस सुधार अभियान (अन्डर ४०) ले देशभर संरचना विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको नेतृत्व बालकृष्ण हमाल चालिसेलाई दिएको छ। काठमाडौंस्थित केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार हमाललाई सुर्खेत जिल्ला संयोजकको जिम्मेवारी तोकिएको हो।
जिल्लामा सक्रिय युवा नेताका रूपमा परिचित हमाललाई संयोजक नियुक्त गरिएको जानकारी सार्वजनिक भएसँगै कांग्रेसभित्र तथा स्थानीय राजनीतिक वृत्तमा सकारात्मक चर्चा सुरु भएको छ। पार्टीभित्र युवाको सशक्त सहभागिता, पारदर्शिता र सुधारवादी अभियानलाई थप गतिशील बनाउने उद्देश्यले सुधार अभियानले ४० वर्षमुनिका अनुभवी युवालाई नेतृत्वमा अघि सारेको बताइएको छ।
जिम्मेवारी पाएका हमालले आफूलाई दिएको विश्वासलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले विशेषगरी ४० वर्षमुनिका युवाहरूको आवाज बनेर सुधार अभियानलाई सशक्त बनाउने लक्ष्य रहेको बताए।