• २०८३ साउन १२ गते मङ्गलवार
TRENDING

बागचौर नगरपालिकाको १६औँ नगर सभा सम्पन्न, रु. ७७ करोडभन्दा बढीको बजेट पारित

असार ३२, सल्यान । बागचौर नगरपालिकाको १६औँ नगर सभा सम्पन्न भएको छ। नगर सभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७७ करोड २३ लाख ७५ हजार ३३० बराबरको बजेट, नीति तथा कार्यक्रम तथा आर्थिक विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो।

पारित बजेटअनुसार चालु खर्चतर्फ रु. ५५ करोड ७८ लाख ११ हजार २७९ तथा पुँजीगत खर्चतर्फ रु. २१ करोड ४५ लाख ६४ हजार ५१ विनियोजन गरिएको छ। दुवै शीर्षकको कुल योग रु. ७७ करोड २३ लाख ७५ हजार ३३० पुगेको नगर सभामा जानकारी दिइएको थियो।

नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि विस्तृत छलफलपछि नीति, कार्यक्रम, बजेट तथा आर्थिक ऐन सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, पर्यटन, रोजगार, सामाजिक सुरक्षा तथा सुशासनलाई उच्च प्राथमिकतामा राख्दै विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

नगर सभाले स्थानीय आवश्यकतामा आधारित योजना कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक विकास तथा समावेशी र दिगो विकासलाई केन्द्रमा राखेर आगामी वर्षका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस