मंसिर २१,सल्यान । नेपाली कांग्रेस सुधार अभियान (अन्डर ४०) ले देशभर संरचना विस्तार गर्ने क्रममा सल्यान जिल्लाको नेतृत्व रमेश केसीलाई दिएको छ। काठमाडौंस्थित केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार केसीलाई सल्यान जिल्ला संयोजकको जिम्मेवारी तोकिएको हो।
केसी बिगत १ दसक देखि नेपालको बिध्यार्थी आन्दोलनको नेतृत्व गर्दै,पाटी राजनीतिमा सक्रिय छन्,उनी सानै उमेर देखि सामाजिक चेत,लेखन शैली सम्ममा रुचि राख्नेल ब्यक्ति हुन्,हाल उनी नेपाली कांग्रेस सल्यानका जिल्ला कार्यसमिति सदस्य समेत रहेका छन् ।
जिम्मेवारी पाएका केसीले आफूलाई दिएको विश्वासलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले विशेषगरी ४० वर्षमुनिका युवाहरूको आवाज बनेर सुधार अभियानलाई सशक्त बनाउने लक्ष्य रहेको बताए।