• २०८३ साउन १२ गते मङ्गलवार
TRENDING

लक्ष्मी लघुवित्त वित्तीय संस्था जयनगर शाखा बर्दियाद्धारा छात्रवृति रकम हस्तान्तरण

असार १९, बर्दिया ।  लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जयनगर बर्दिया द्धारा केन्द्र नं. ४८ मा आवद्ध सदस्य फुलसरानी चौधरीकी छोरी रन्जिता थारुलाई एस.ई.ई.उत्तीर्ण पश्चात उच्च शिक्षा हासिल गर्न र अध्ययनलाई निरन्तरता दिनको लागि छात्रवृति रकम (५०००-/ ) अक्षरुपी रु.पाँच हजारको को चेक सहित प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

उक्त चेक हस्तान्तरण गर्दै संस्थाका प्रदेश प्रमुख रमेश अर्यालले संस्थाको सामाजिक उत्तरदायी अन्तर्गत निम्न आयश्रोत भएका सदस्यका छोरा-छोरीहरु आर्थिक अभावकै कारण पढ्न बाट बन्चित नहोउन् भनी संस्थाले यी र यस्तै कार्य ७ वटै प्रदेशमा लागू गरिएको र सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।

त्यस्तै संस्थाको तर्फबाट यस्तो खाले सहयोग पाएपछी थारु समुदाय प्रमुख(बडघर) ले  गरिब एवंम बिपन्न परिवारमा संस्थाद्धारा गरिएको यस कार्यको  प्रशंसा गर्दै  धन्यवाद व्यक्त गरेका छन् । र,संगै केन्द्र प्रमुखले कुनै पनि संस्थाले आज सम्म यस्ता कार्यक्रम तथा सहयोग नगरेको र लक्ष्मी लघुबित्तले यस्ता सामाजिक कार्य गरेको हुँदा संस्थाप्रति कृतज्ञता प्रकट गरेको संस्थाका सहायक लेखापाल गणेश बिकले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस