• २०८३ बैशाख ३ गते बिहिवार
TRENDING

नेपाल पत्रकार महासंघ सल्यानका ३० बर्ष, स्थापना दिवसको यस्तो छ शुभकामना

खेमराज सुनार – नागरिक दृष्टि 

मंसिर ४, सल्यान । आज नेपाल पत्रकार महासंघ सल्यानको ३० औं स्थापना दिवस हो ।
२०५२ मंसिर ४ गते वरिष्ठ पत्रकार हरिशरण आचार्यको अध्यक्षतामा महासंघको जिल्ला तदर्थ समिति गठन भएको दिनको स्मरणमा प्रत्येक वर्ष मंसिर ४ गते स्थापना दिवस मनाउने गरिएको हो।
महासंघ सल्यान शाखाको इतिहास हेर्दा २०५६ असोज २० गते शालिकराम शर्मा र २०६१ माघ ७ गते उत्तम हमालको नेतृत्वमा तदर्थ शाखा सञ्चालन भए पनि १५ जना पत्रकारको अभावका कारण लामो समयसम्म केन्द्रबाट औपचारिकता पाउन कठिनाइ व्यहोर्नुपरेको थियो। ती चुनौतीपूर्ण वर्षहरू पार गर्दै अन्ततः २०६४ मंसिर २१ गते मात्र शाखाले आधिकारिक मान्यता प्राप्त गरेको थियो।
औपचारिकता प्राप्त भएपछि शाखाको नेतृत्व क्रमशः स्व। उत्तम हमाल, रमेश कुमार गौतम, स्व। शालिकराम शर्मा, प्रतीक इच्छुक शर्मा र नवीन पौडेलले सम्हालेका छन्।
कार्यवाहक अध्यक्षको रूपमा सनत शर्मा र शंकर केसीले पनि संस्थालाई नेतृत्व प्रदान गरेका थिए।
स्थापना दिवसको अवसरमा महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले सत्य, निष्पक्षता र जिम्मेवार पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा योगदान पुर्‍याउँदै आएका पत्रकारहरूको भूमिकाको प्रशंसा गरे।
उनले समर्पित र व्यावसायिक पत्रकारिता नै लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकर्मी पत्रकारहरू बीच एकता, क्षमता र पेशागत मर्यादा थप सुदृढ हुने विश्वास व्यक्त गरे ।
दिवसका अवसरमा दिउँसो महासंघको आयोजनामा विशेष भेटघाट कार्यक्रमको आयोजना हुनेछ ।
कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरूले स्थापना दिवसले संस्थाको यात्रा, संघर्ष र उपलब्धिलाई स्मरण गर्दै आगामी दिनमा अझै संगठित रूपमा अघि बढ्ने प्रतिवद्धता गरिनेछ।

प्रतिक्रिया लेख्नुहोस