• २०८३ साउन १२ गते मङ्गलवार
TRENDING

लक्ष्मी लघुवित्त जयनगर बर्दिया द्वारा बिमा क्षतिपुर्ति बापत काे रकम हस्तान्तरण

साउन १२ गते,बर्दिया । लक्ष्मी लघुवित्त जयनगर शाखा बर्दिया द्वारा, बिमा क्षतिपुर्ति बापतको दाबी रकम तथा काजकिरिया खर्च बापत २ लाख ६५ हजार आठ सय १८ रुपैयाँ ३५ पैसा रकमको चेक हस्तान्तरण गरिएको छ ।

लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय जयनगर बर्दिया,केन्द्र नं. १० मा आबद्ध श्रीमती जमुना पाण्डे को मिति २०८३ जेठ २७ गते असामयिक निधन भएपछि संस्थाले निज सदस्यको बिमा दाबी रकम तथा काजकिरिया खर्च बापतको रकम रु. ५ लख २५ हजार रकम स्वीकृत गराएको हुँदा यस सस्थामा निज सदस्यको नाममा बाँकी रहेको कर्जा रकम चुक्ता गरी सदस्यको बचत खातामा बाँकी रहेको रकम तथा बचत को रकम गरी रु. २ लाख ६५ हजार ८ सय १८ रुपैयाँ ३५ पैसाको कुमारी बैंकको चेक बारबर्दिया नगरपालिका वडा न. ०६ का वडा सदस्य भोसु थारु,मानपुर टोलका बुद्दिजिवी प्रेम नारायण भण्डारी, बन समिती का अध्यक्ष राम प्रसाद थारु मार्फत निज सदस्यको श्रीमान् सत्य नारायण पाण्डे लाई हस्तान्तरण गरियो ।

उक्त कार्यक्रममा स्थानीय,केन्द्रका सदस्यहरु र कर्मचारी गरि १५ जनाको उपस्थिति रहेको थियो साथै बित्तिय साक्षारताका लागी लक्ष्मी लघुवित्त संस्थाले प्रदान गर्ने सेवा सुबिधाहरु तथा हालका समसामयिक बिषयहरुको बारेमा जानकारी गरिएको थियो ।

कार्यक्रममा उपस्थित वडा न. ०६ का वडा सदस्य भोसु थारु मानपुर टोलका बुद्दिजिवी तथा समाज सेवि प्रेम नारायण भण्डारी ले संस्था ले दिने सेवा सुविधा सामाजिक उत्तरदायी कार्यक्रम प्रती सकारात्मक जनाउदै संघर्ष समितीको गलत भ्रामक कुराहरु नसुनी सबै जनाले लिएको ऋणको सहि सदुपयोग गरी नियमित तिरी असल ऋणि बन्नु पर्छ भन्दै सस्थालाई आवश्यक पर्ने साथ सहयोग को लागी सदैब अग्रसर हुने भनी आफनो भनाई राख्नु भएको थियो ।
र,अन्तमा संस्थाको तर्फबाट उपस्थीत सबैमा हार्दिक कृतज्ञता तथा धन्यवाद दिई कार्यक्रम सम्पन्न गरिएको संस्थाका जयनगर शाखाका लेखापाल गणेश बिक ज्युले बताउनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस