मंसिर १४, सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् ।
राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका-३ चोरखोलामा रा ६ प ७१९१ नम्बरको मोटरसाइकल आज दिउँसो अनियन्त्रित भई सडकमा पल्टिँदा २ जना गम्भिर घाइते भएका हुन । घाइते हुनेहरुमा त्रिवेणी गाउँपालिका–३ का २२ वर्षीय होमबहादुर बिष्ट र १६ वर्षीय दुर्गा बहादुर बुढाथोकी रहेका छन् । उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।